
पर्वत।पर्वतको बिहादी गाउँपालिकाका कृषि क्षेत्रको उत्पादनका बढाउँन लागि सिचाई आयोजना र टनेल निर्माणका लागि २ करोड बराबरको बजेट बिनियोजन भएको छ।
बिहादी गाउपालिकाकामा अध्यक्ष परविन गुरुङको पहलमा कृषि उत्पादनलाई प्रबर्द्धन गर्नका लागी गत मसिर २९ गतेको कार्यपालिकाको निर्णय अनुसार कृषि उपजको सम्भाब्यता अध्यनका लागि ग्लोबल सोसाइटी नेपाल प्रालि काठमाडौलाई जिम्मा दिई उक्त सम्भाब्यता अध्ययन प्रतिवेदन अनुसार राष्ट्रिय योजना आयोगलाई बुझाएको थियो।
राष्ट्रिय योजना आयोगमा आयोजना माग गर्दै प्राथमिकताको रूपमा समपुरक अनुदानमा सिंचाइ आयोजना र विशेष अनुदानमा बिहादी गाउपालिकामा हाईटेक टनेल निर्माणका लागि संघीय बजेटबाट सिंचाइका लागि ७५ लाख र हाईटेक टनेलका लागि १ करोड २५ लाख बिनियोजित भएको हो।
उक्त बजेटको सहि तरिकाले प्रयोग गरि बिहादीलाई कृषि क्षेत्रको चिनारी बनाइने अध्यक्ष गुरुङले बताए।