ट्रेन्डीङ्ग

सुनवलले गर्‍यो आगामी आर्थिक बर्ष २०८०/८१ का लागि पुर्व बजेट छलफल

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट,निति तथा कार्यक्रम तयारीका लागी पुर्व बजेट छलफल कार्यक्रम गरेको छ। सुनवल नगरपालिकाको समृद्धिको लागी सुनवल नगरभित्र रहेका वुद्धिजिवी प्रभुत्व वर्ग,राजनैतिक दल,विभिन्न संघ संस्थाहरु सँग सुझाव संकलन गरेको नगरपालिकाले जनाएको छ।

 

 

 

सुनवल नगरपालिकालाई समृद्ध सुनवल बनाउनका लागी कृषि,पुर्वाधार,पर्यटन,उद्योग साथै धार्मिक र ऐतिहासिक पक्षहरुमा समेत नगरपालिकाको विशेष ध्यान दिनुपर्ने छलफल कार्यक्रममा सहभागिहरुको सुझाब दिएका थिए।

 

 

 

छलफलबाट आएका सुझाबहरुलाई मध्यनजर गर्दै आगामि निति,बजेट तथा कार्यक्रमहरु बनाउने नगरप्रमुख विमला अर्यालले बताइन।सुनवल नगरपालिकाको विकासको लागी सम्पुर्ण नगरवासी,वुद्धिजिवी, राजनैतिकदल,निर्वतमान जनप्रतिनिधि,विभिन्न संघसस्था सबैको साथ सहयोग र सहकार्य अपरिहार्य रहेको नगरप्रमुख अर्यालले बताइन।

 

 

 

छलफल कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य खड्क वस्नेतले काम गर्न सक्ने योजना मात्रै अगाडी वढाउन सुझाब दिए।सुनवल नगरपालिकाको विकासका लागी आफ्नो पुरै साथ समर्थन रहेको बताउदै जनताको आवश्यकता पुरा गर्न सकिने गरि योजना वनाउन समेत सभासद वस्नेतले जोड दिए।

 

 

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवले नगरपालिकाको समग्र निति कार्यक्रममा कृषि,शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए। सिमित स्रोत साधानका बिच पनि समृद्ध सुनवल बनाउन ठोस योजना बनाउनुपर्ने प्रमुख यादवको भनाई थियो।

 

 

 

त्यस्तै सुनवल नगरपालिकाका निवर्तमान नगरप्रमुख भिम बहादुर थापाले सुनवल नगरपालिकाको पुर्व योजनाहरुलाई वर्तमान स्थानिय सरकारले पनि अपनत्वबोध गर्दै निरन्तरता दिनुपर्ने बताए।निर्वतमान नगरप्रमुख थापाले आगामी निति तथा कार्यक्रमहरु वास्तविक तथ्याङकको आधारमा बनाउनुपर्नेमा समेत जोड दिए।

 

 

 

छलफल कार्यक्रममा सुझाव दिदै भुमि अयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले समग्र सुनवल विकासको लागी प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए।

 

 

 

सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य खड्ख वस्नेतको प्रमुख आथ्यितामा रहेको थियो।

 

नगरपालिकाका नगरउपप्रमुख सुर्य प्रसाद दुवेको स्वागत मन्तब्य तथा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले प्रकाश पारेको कार्यक्रमको संचालन नगरपालिकाका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?