ट्रेन्डीङ्ग

सुनवल:लेप्रोसी शिविरमा ३ जना कुष्ठरोग प्रभावित भेटिए

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा कुष्ठरोग चेकजाँच शिविरमा ३ जना कुष्ठरोग प्रभावित र २ जना हात्तिपाइले रोग प्रभावित भेटिएका छन।

 

 

सुनवल नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा इन्द्रेणी सामाजिक बिकास मन्च र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित आधारभूत स्वास्थ्य परियोजना,नयाँ जिवनको लागि हातेमालो जस्ता सस्थाको सहयोगमा सुनवल नगरपालिकामा कुष्ठरोग चेकजाँच शिबिर संचालन गरिएको थियो।

 

शिविर शहरी स्वास्थ्य केन्द्रमा ५८,सुनवल स्वास्थ्य चौकीमा ६०,स्वाठि स्वास्थ्य चौकीमा ९५ जना र रामनगर स्वास्थ्य चौकिमा ५० जना गरि २ सय ६३ जनाले चेकजाँच गराएको स्वास्थ्य शाखा जनाएको छ।

 

कार्यक्रम आधारभुत स्वास्थ्य परियोजनाको परियोजना बुटवल प्रमुख शशिलाल कर्ण,स्रोतसाधन परिचालन विशेषज्ञ तुलसीराम खनाल सहित इन्द्रेणीका पुष्पराज आचार्य र वसन्त सापकोटा लगायतको सहभागी रहनु भएको थियोे।

 

आधारभुत स्वास्थ्य परियोजनाले जिल्लाभर उपेक्षित उष्ण प्रादेशिक रोगका क्षेत्रमा काम गर्नुका साथै स्वास्थ्य सस्था संचालन तथा ब्यवस्थापन समितीको तालिम,स्वास्थ्यकर्मीको क्षमता बिकास तालिम,अपांगताको क्षेत्र लगाएतमा काम गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?