ट्रेन्डीङ्ग

पत्रकारलाई पक्राउ र कारबाही गर्न प्रहरीलाई पत्राचार नगरिएको काउन्सिलको प्रष्टोक्ति

काठमाडौँ।प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ।

मङ्गलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार नभएको भन्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो।‘त्यस किसिमको भ्रममा नपर्न सम्पूर्ण सञ्चार माध्यम, आम पत्रकार र सम्वद्ध पक्षलाई यही विज्ञप्तिमार्फत् आग्रह गर्दछ ।’ काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

काउन्सिलले नेपाल प्रहरीबाट जानकारी माग भइ आएमा सूचीकरण भएका मिडियाको हकमा ‘सूचीकृत रहेको’ र दर्ता/सूचीकरण नभएको भए ‘सूचीकरण नभएको’भनी जानकारी गराउने गरिएको भन्दै विज्ञप्तिमा पछिल्ला केही उजुरीका विषयमा पनि साेही अनुसारको जानकारी मात्र गराइएको प्रष्ट पारेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal