ट्रेन्डीङ्ग

सुनवल ५ हर्दियामा गार्मन्ट उद्योगमा आगलागी हुदा ८० लाख बरावरको क्षति

सुनवल।पश्चिम नवलपरासीकोे सुनवल ५ हर्दियामा गार्मन्ट उद्योगमा आगलागी हुदा ८० लाख बरावरको क्षति भएको छ ।

 

 

आज विहान ४ बजे तिर बसन्त क्षेत्रीले संन्चालन गरेको टिन र ईटाले बनेको बुद्ध गार्मन्टमा अचानक आगोलागी भएको हो । रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको प्रयोग साथै इलाका प्रहरी कार्यालय सुनवल र स्थानीयको सहयोगमा करिव २ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

 

 

उक्त आगलागिबाट मानबिय तथा चौपाया क्षति नभएको भए पनि बुद्ध गार्मन्ट रहेको घर पुणर्रुपमा क्षति हुनुका साथै रोलो कपडा,तयारी कपडा,मेशिन फर्निचर र नजिकै रहेको २ वटा पक्की घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ।

 

 

बिद्युतको तारसर्ट भई आगोलागी भएको भन्ने प्रारम्भिक अनुमान गरिएको छ भनेथप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?