ट्रेन्डीङ्ग

राष्ट्रपतिको फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते निर्वाचन हुने

काठमाडाैँ।निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार गर्ने निर्णय गरेको छ।

यसबारे सरकारलाई आजै जानकारी दिने र आजै निर्वाचन तालिका पनि प्रकाशन गर्ने गरि निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।

संविधान र राष्ट्रपति निर्वाचन सम्बन्धी ऐनका प्रावधान फरक फरक रहेको भन्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्न ढिलाइ भइरहेको थियो।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सभाका सदस्यले मतदान गर्छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?