ट्रेन्डीङ्ग

आगामी माघ २८गते जिल्ला भेला गर्दै बैध्य माओवादी

परासी।नेकपा(क्रान्तिकारी माओवादी)पश्चिम नवलपरासीले जिल्ला भेला गर्ने भएको छ ।

आइतवार बर्दघाटमा भएको जिल्ला समितिको पुर्ण बैठकले माघ २८ गते जिल्ला भेला गर्ने निर्णय गरेको जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो।

भेलालाई सम्पन्न गर्नका लागि बिभिन्न तयारी समितिहरु गठन गरिएको छ।यस बीचमा पार्टी सदस्यता नवीकरण तथा संगठनका स्थानीय तह सम्मका बैठक एंव जनवर्गीय मोर्चा संगठनका भेलालाई तीब्रता दिदै पार्टीको भेलालाई सफल बनाइने क्षेत्रीले बताउनुभयो।

सो बैठकमा प्रदेश समितिका सदस्य समर,जिल्ला समितिका सचिवालय सदस्यहरु विबेक,क्रान्ति , न्युक्लियस,बसन्त र जिल्ला सल्लाहकार मुसाफिर लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकले पार्टीलाई सुदृढ बनाउने अगाडि बढ्ने निर्णय लिएको क्रान्तिकारी माओवादीले जनाएको छ।

साथै यही माघ १४ गते अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रतिनिधिमुलक भेला सम्पन्न गर्ने , शिक्षक संगठनको प्रदेश भेलामा प्रतिनिधि पठाउने र क्रान्तिकारी ट्रेड युनियन महासंघको २१ गते हुने प्रदेश भेलामा प्रतिनिधि पर्यबेक्षक पठाउने निर्णय गरेको क्षेत्रीले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal