
परासी।भन्सार छलि गरी ल्याइएको चार लाख मूल्य बराबरका सामान नवलपरासी प्रहरीले नियन्त्रणमा लिइ भन्सार कार्यालयलाई बुझाएको छ।
मंगलबार जिल्लाका विभिन्न स्थाहरूबाट अवैध रुपमा भन्सार छली ओसार-पसार भइरहेका चौपाया, लत्ताकपडा,मोबाईल,खाद्यन्न,सवारी साधन,बच्चाका खेलौना,ट्वइलेटको कम्बोड सिट,चुरा,छालाको झोला, टि.भि.गरी ४ लाख चार हजार ४४० रुपैयाँ मूल्य बराबरको सामानहरू बरामद गरेको थियो।
बरामद गरिएका सामानहरुलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।