ट्रेन्डीङ्ग

भन्सार छलेर ल्याइएका चार लाख मूल्य बराबरका सामान बरामद

परासी।भन्सार छलि गरी ल्याइएको चार लाख मूल्य बराबरका सामान नवलपरासी प्रहरीले नियन्त्रणमा लिइ भन्सार कार्यालयलाई बुझाएको छ।

मंगलबार जिल्लाका विभिन्न स्थाहरूबाट अवैध रुपमा भन्सार छली ओसार-पसार भइरहेका चौपाया, लत्ताकपडा,मोबाईल,खाद्यन्न,सवारी साधन,बच्चाका खेलौना,ट्वइलेटको कम्बोड सिट,चुरा,छालाको झोला, टि.भि.गरी ४ लाख चार हजार ४४० रुपैयाँ मूल्य बराबरको सामानहरू बरामद गरेको थियो।

बरामद गरिएका सामानहरुलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal