ट्रेन्डीङ्ग

विदेशी संस्कृतिको अनुसरणले मौलिक संस्कृति ओझेलमा – प्रदेशसभा सदस्य बस्नेत

नवलपरासी । लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले पछिल्लो समय नेपालमा विदेशी संस्कृतिको अनुसरण गर्ने प्रवृतिले नेपालको मौलिक संस्कृति ओझेलमा पर्ने बताउनुभएको छ । मंगलबार तमु ल्होसारको अवसरमा सुनवल ५ वनकट्टिमा गुरुङ राष्ट्रिय परिषद् नवलपरासी र गुरुङ महिला राष्ट्रिय परिषद् नवलपरासीद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेशसभा सदस्य बस्नेतले विदेशी संस्कृतिको पुणर् रुपमा अनुसरण गर्न पनि नजानिने र यसले गर्दा मौलिक संस्कृति ओझेलमा पर्ने बताउनुभएको हो । बस्नेतले नेपालमा रहेका विभिन्न जात जातिहरुले धार्मिक र साम्प्रदायिक सहिष्णुता नबिग्रने गरी आ-आफ्नो मौलिक संस्कृतिको संरक्षण र सम्र्बधन गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले गुरुङ जाति तुलनात्मक रुपमा इमान्दार, सोझा तथा देशप्रेमी हुने गरेका भन्दै अन्य जातिले पनि गुरुङ जातिको सिको गर्नुपर्ने बताउनुुभयो ।
त्यस्तै कार्यक्रमका वक्ताहरुले मौलिक संस्कृति संरक्षणमा सबै पक्षको भुमिका आवश्यक पर्ने बताउनुभएको थियो । प्रत्येक वर्षको पुष १५ गते देशभरी नै गुरुङ समुदायले धुमधामका साथ तमु ल्होसार मनाउने गर्दछन् ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal