
काठमाडौं।नेपालका कम्युनिस्ट पार्टी एकताका लागि अभियान चलाउँदै आएका वामदेव गौतम र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।
मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा भएको भेटमा गौतमले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।गौतमले नेपाललाई सरकारमा सहभागी हुन नसके गम्भीर भुल हुनेसमेत बताएका छन्।
“अहिलेको सरकारमा माधव नेपाल पनि सामेल हुनुपर्छ।सामेल हुन सकिएन भने ऐतिहासिक भुल हुनेछ।प्रचण्डले सल्लाह नगरेर एक्लै काम गर्नुभयो,त्यो उहाँको आलोचनाको विषय हो।उहाँलाई त्यो ठाउँमा पुर्याउने साथीहरूसँग सम्मानजनक व्यवहार गर्नुभएन,”गौतमले भनेका छन्।
तर,पनि नेपाल नेतृत्वको पार्टी सरकारमा जानैपर्ने उनको भनाइ छ।