ट्रेन्डीङ्ग

डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिश

बुटवल ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई सिफरिस गरेको छ ।नक्सालले प्रहरी नियन्त्रणणमा रहेका केसीलाई निलम्बनका लागि मंगलबार गृहमन्त्रालयमा पत्राचार गरेको हो । केसीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुनसहित नियन्त्रणमा लिएको थियो ।

सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले उनीमाथि अनुसन्धान भइरहेको बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखसमेत रहेका केसीले सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो ।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको थियो । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको विषयमा अनुसन्धान गर्न सीआईबीको टोली बुटवल पुगेको थियो ।

बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली खटाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal