ट्रेन्डीङ्ग

बुटवलमा अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरण

बुटवल ।राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको सुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरेको हो।
बुटवल वडा नं. १९ का १२ र मायादेवी वडा नं. ८ का १८ जना जग्गाधनीलाई पुर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले जानकारी दिए । जिल्लामा करिब १ लाख अव्यवस्थित, सुकुम्वासी तथा भूमिहीन रहेको अनुमान गरिएको छ । त्यसमध्ये जिल्लामा अहिले ३ हजार जग्गाधनीको लालपूर्जा तयार भएको छ ।
जिल्लाको बुटवल देवदह, सैनामैना, कञ्चन, मायादेवी, शिद्धार्थनगरमा नापँजाच सकिएर लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको छ । लालपूर्जा तयार भएपनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने स्थानीयहरूले बताएका छन् ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापँचाज भएर लालपूर्जा वितरण गर्न सफल भएको बताए ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal