ट्रेन्डीङ्ग

पल शाह प्रकरण ः नवलपुर फैसलाको सक्कल प्रमाण पेस गर्न तनहुँ अदालतको आदेश

काठमाडौं । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ । सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न आदेश दिएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।
नवलपुर अदालतले शाहलाई नाबालिगमाथि बलात्कारको मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो । तनहुँ जिल्ला अदालतमा सोही प्रकृतिको मुद्दाको फैसला हुन बाँकी छ । शाहले नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन समेत गरेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal