
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले सिमसार क्षेत्रको संरक्षण गर्ने उदेश्यले आफनो नगरक्षेत्र भित्र सुस्ता नमुना ताल बनाउन ५० लाख रुपैया बिनियोजन गरेको छ । वडा नं. ३ को मर्चहवाँ-नर्सही संग जोडिएको डेढ सय विगाहा जलाशयमा ठुलो सुस्ता नमुना ताल बनाई सिमसार क्षेत्रको संरक्षणमा गाउँपालिकाले प्रकृया अगाडी बढाएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिनुभयो । उक्त ढेड सय विगाहाको जलासयलाई नमुना तालको रुपमा ब्यवस्थित र संरक्षण गर्न लुम्बिनी प्रदेश सरकारसँग १० करोड रकम माग गरिएको र रकम आएपछि उक्त तालको ठेक्का आव्हान गरि निर्माण कार्य अगाडी बढाउने अध्यक्ष उपाध्यायले बताउनुभयो ।
उक्त जलासयमा गोही लगायतका बिभिन्न जलचरहरु रहेका छन । जलासयलाई जैविक विविधताको संरक्षण गर्दै तालको रुपमा परिणत गरिने छ । जहाँ पर्यापर्यटनका लागि पनि धेरै पर्यटक आउन सक्ने स्थानिय रामु अर्यालले जानकारी गराउनुभयो ।
स्थानियबासीले धेरै बर्ष देखी जलासयको संरक्षण गरि ताल बनाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए । तर हुन सकेको थिएन् । अहिले स्थानिय सरकारको रुपमा रहेको सुस्ता गाउपालिकाले निणर्य गरि अग्रसरता लिएको छ।स्थानिय बासीको माग अनुसार नै सो जलासयलाई सिमासार र सुस्ता नमुना तालको रुपमा चिनाउनका लागि बजेट विनियोजन भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताउनुभयो ।
गण्डक नदीले विगत बर्षमा आफ्नो धार परिवर्तन गरि पश्चिम तर्फ फर्केको थियो । पछि गण्डक बाँध बाधेर नदीको धार पुर्व तर्फ फर्काइयो । त्यही बेला देखी सो क्षेत्र जलासयको रुपमा रहेको छ । स्थानिय स्तरमा त्यसलाई छाडन भनेर चिन्ने गरिएको छ । छाडन भनेको गण्डक नदीले आफ्नो मुलधारबाट छाडेर गएको जलासय हो । सो जलासयमा साईबेरियन लगायत विदेशी चराहरु समेत आउने गरेका छन ।
प्राकृतिक रुपमा रहेको उतm जलासय आयआर्जनको स्रोत पनि बन्ने र सिमासारको रुपमा रहने गरि पर्यापर्यटन गराउने गरि सजाउने योजना रहेको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताउनुभयो । जलासयलाई ब्यवस्थित गरेर यसलाई राष्ट्रिय सम्पदा बनाउदै विश्व सम्पदामा समेत सुचिकृत गराउने गरि गाउपालिका लाग्ने उहाको भनाई थियो ।