
बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको रम्भादेवी बचत तथा ऋण सहकारी सस्था लिमीटेड को १० औँ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
सस्थाका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यस सहकारीले आफ्नो शेयर सदस्यहरुलाई उत्पादनशिल कार्यमा प्रेरणा जगाउनका लागी विभिन्न तालिमहरुको आयोजना गरि सदस्यलाई उत्पानदशिल बनाउन आग्रह गर्दै सो कार्यमा स्थानिय सरकार सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो।
कार्यक्रममा अध्यक्षको प्रतिबेदन सस्थाका अध्यक्ष चौधरीले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको प्रगती बिबरण तथा आगामी बर्षको भावी योजना सहितको प्रतिबेदन सस्थाका सदस्य पदम सुनारले प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरि सस्थाको कुल २ करोड १० लाख ७७ हजार १ सय ६० बराबर आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्दै सस्थाले यस आर्थिक बर्षमा ७ लाख २७ हजार ७ सय ३० रुपिया शुद्ध नाफा गर्न सफल रहेको प्रतिबेदन सस्थाका कोषाध्यक्ष चेत नारायण ढकालले प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै लेखा समितिको प्रतिबेदन लेखा संयोजक मदनराज अर्यालले प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा राष्ट्रिय सहकारी बैंक बर्दघाट शाखा प्रमुख सविना पोखरेल लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रममा सेयर सदस्य मध्य उत्कृष्ट बचतकर्ता २ जना,शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरी २ जना,उत्कृष्ट ऋणी १ जना र उत्कृष्ट बालबचतकर्ता १ जना गरि ६ जनालाई नगद सहित सम्मान गरिएको थियो।
सस्थाका उपाध्यक्ष यशोदा पाण्डेको स्वात मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका कार्य समिती सदस्य रेम बहादुर रानाले गर्नुभएको थियो।
बर्दघाट नगरपालिका कार्य क्षेत्र रहेको सस्थामा कुल ७ सय ४१ जना सेयर सदस्यहरु आबद्ध रहेका छन।