
भक्तपुर।भक्तपुर मध्यपुर ठिमी धुन्चेपाखाबाट हिजो एक किशोर बेपत्ता भएका छन।सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका १६ वर्षीय किशोर अंकित तिमल्सिना शनिबार बिहान साढे ९ बजेदेखि हराइरहेका हुन।
बाबु रामचन्द्र तिमल्सिना र आमा गोमा पराजुलीले छोरा शनिबार बिहान बिस्कुट किन्न भनी धुन्चेपाखा घरबाट निस्केदेखि हराएको उजुरी प्रहरी कार्यालय ठिमीमा दिएका छन।
घर सिन्धुपाल्चोक भएपनि तिमल्सिना परिवार लामो समयदेखि भक्तपुर मध्यपुरठिमी वडा नम्बर ७ धुन्चेपाखामा बसोबास गर्दै आएको थियो।
कस्मिक इन्टरनेसन स्कुल कोटश्वरमा कक्षा १० मा अध्ययनरत अंकित गहुँगोरा वर्णका छन।५ दशमलव ५ फिट उचाइ भएका ट्राउजर, चप्पल र टिसर्टमाथि दुई रङ्गको हुक लगाएका अंकितलाई कोही कसैले देखेमा नजिकको प्रहरी वा ९८५१०१८८५९,९८५१००५९२७ मा खबर गरिदिनुहुन परिवारको अपिल छ।