
कावासोती।अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीले नवलपरासी पुर्वका १४४ घर डुबानमा परेका छन्।
बुधबार रातिदेखि परेको अविरल वर्षा पछिको बाढीले ती घरहरू डुबानमा परेको पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए।
उनका अनुसार बाढीका कारण गैंडाकोटमा ८०,मध्यविन्दुमा २०,विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १४४ घर डुबानमा परेका हुन्।