ट्रेन्डीङ्ग

बर्दघाट उधोग बाणिज्य संघले शुभकामना आदान प्रदान कार्यक्रम गर्यो

बर्दघाट।हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशै,शुभ दिपावली तथा छठ पर्वको अवसरपारि नवलपरासीमा विभिन्न संघ सस्थाहरुले शुभकामना आदान-प्रदान कार्यक्रमलाई निरन्तरता दिएका छन।

चाडपर्व नजिकिए संगै सात वटा पालिका रहेको यस जिल्लामा सरकारी तथा गैर-सरकारी तथा विभिन्न संघ सस्थाहरुले कार्यक्रम गरिरहेका छन।त्यस्तै बर्दघाट ४ मा रहेको बर्दघाट उधोग बाणिज्य संघको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम बिहिबार संघको सभाहलमा सम्पन्न भएको छ।

हिन्दुहरुको महान पर्व विजयादशमी,शुभ दिपावली तथा छठ पर्वको अवसर पारी संघले नगरभित्र रहेका विभिन्न संघ संस्थाहरुबिच शुभकामना आदान प्रदान गरेको हो।

संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता,तथा बर्दघाट नगर प्रवक्ता एवं बर्दघाट वार्ड नंं १४ का वार्ड अध्यक्ष सन्तु गाहाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कायक्रममा बोल्दै प्रमुख अतिथि गाहाले बर्दघाट उद्योग बाणिज्य संघले आफ्ना उद्योगी,व्यवसायी र ब्यापारीको हकहितका कामका साथ साथै संघले विभिन्न समाजिक क्षेत्रमा समेत उल्लेख्य भुमिका खेलेको बताउनुभयो।

साथै उहाँले आगमी दिनमा समेत नगरका विकास निर्माण सङ संगै जनचेतनामुलक कार्यक्रममा नगरले सहाकर्य गर्दै अगाढी बढ्ने बताउनुभयो।

सो अवसरमा नगर कार्यपालिका सदस्य मञ्जु शर्मा चालिसे,बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतम,प्रभु बैंकका ब्रान्च म्यानेजर ज्ञानेन्द्र पोखरेल,दिब्यज्योती बहुमुखी क्याम्पसका प्रमुख सागरमणि पाण्डे,ब्रह्मकुमारी ईश्वरिय महाविद्यालय बर्दघाटकी प्रमुख सिता पौडेल,बर्दघाट खानेपानी सस्थाका अध्यक्ष धातानन्द बस्याल,पारिजात सामुदायिक वनका अध्यक्ष चुरामणि भण्डारी,ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख विरेन्द्र केसी,देवीनगर टोल विकास सस्थाका अध्यक्ष सन्तोष गुरुंग लगाएतले शुभकामना राख्नुभएको थियो।

कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए।संघका कार्य सममिति सदस्य दामोदर जिसिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन कार्य समिति सदस्य जित बहादुर चौधरी ईन्द्रजितले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?