ट्रेन्डीङ्ग

परासीमा एक पुरुष मृत अवस्थामा फेला

परासी।नवलपरासीको रामग्राम ४ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन।

परासीदेखि महेशपुर जाने बाटोमा घाँसको झाडीमा अन्दाजी ४०/४२ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक सुचना अधिकारी भोजराज पाण्डेले बताउनुभयो।

मृतकको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र जिल्ला अस्पतालमा ल्याईएको छ भने उनको नाम,ठेगाना नखुलेको सुचना अधिकारी पाण्डेले जानकारी दिनुभयो।घटनाबारे थप अनुसन्धान भैइरहको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?