ट्रेन्डीङ्ग

एमाले नवलपरासीले संघिय क्षेत्र २ प्रतिनिधिसभाका लागि ३ जनाको नाम सिफारिस

परासी।पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीसहित तीनजनाको नाम सिफारिस गरेको छ।

उम्मेदवार सिफारिसको लागि नेकपा एमाले संघीय क्षेत्रीय समन्वय कमिटी र प्रदेश क्षेत्रीय कमिटी क र ख को आज परासीमा सम्पन्न संयुक्त बिस्तारित बैठकले क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको लागि जिल्ला अध्यक्ष अधिकारी,प्रदेश सदस्यद्धय श्यामकुमार बस्याल र भगवती भण्डारीको नाम सिफारिस गरेको हो।

जिल्ला अध्यक्ष अधिकारीक्षेत्र नं. १ बाट पनि सिफारिस हुनुभएको थियो।यसैगरी क्षेत्र नं. २ अन्तर्गतको  क बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रदेश सदस्य थानप्रसाद गैरे,खडानन्द कोईराला,प्रदेश विभाग सदस्य देवराज चौधरी,जिल्ला उपसचिव राजन आचार्य,जिल्ला सदस्य बिमल बगाले गरि ५ जनाको नाम सिफारिस गरिएको संघीय क्षेत्र ईन्चार्ज दधिराम अर्यालले जानकारी दिनुभयो।

एमालेले क्षेत्र नं. २ को प्रदेश सभा ख बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचनको लागि एकल रुपमा सुमन गोपाल आचार्य सिफारिस हुनुभएको छ।आचार्य बुद्दिजिबि परिषदको केन्द्रीय सदस्य हुनुहुन्छ भने परासीमा शैक्षिक सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ।

संघीय क्षेत्रीय ईन्चार्ज दधिराम अर्यालको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा सुनवल नगरपालिकाकि मेयर बिमला अर्याल,जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारि ,उपसचिव राजन आचार्य,प्रदेश क ईन्चार्ज रामचन्द्र भण्डारी,प्रदेश ख ईन्चार्ज रामनरेश राय,जिल्ला सदस्य देवराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे।

क्षेत्रीय समन्वय कमिटीबाट सिफारिस आएका नामहरु जिल्ला कमिटीको बैठकले प्रदेशमा सिफारिस गर्ने जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?