ट्रेन्डीङ्ग

नेकपा(बहुमत)नवलपरासीद्वारा भित्तेलेखन

परासी।नेकपा(बहुमत)नवलपरासीद्वारा भित्तेलेखन कार्यक्रम सुरुवात गरेको छ।उक्त भित्तेलेखन कार्यक्रम पश्चिम नवलपरासीको पुर्व-राजमार्ग अन्तर्गतका पुल तथा खाली भित्ताहरूमा गरिएको हो।पार्टीको केन्द्रिय कार्यक्रम राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान अन्तर्गत आज नवलपरासीका केही स्थानमा भित्ते लेखन कार्य सम्पन्न गरेको पार्टी संयोजक बिजयले जानकारी दिए।राष्ट्रिय जनजागरण तथा संगठन बिस्तारको प्रचारप्रसार एवं भित्तेलेखन कार्य गरेको नेकपा बहुमत नवलपरासीले जनाएको छ।राष्ट्रघाती सम्झौता एमसिसि/एसपिपि(mcc/spp)खारेज गर!,मिटरब्याजी,भ्रष्टाचारी कालोबजारीलाई कारबाही गर!नागरिता विधेयक खारेज गर,लगायत नाराहरूले भित्ता रंगाएको छ।उक्त कार्यक्रममा नेकपा बहुमतका नेताकार्यकर्ताको उपस्थिति रहेको र कार्यक्रमलाई निरन्तरता दिने निकट श्रोतले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal