ट्रेन्डीङ्ग

नेपाल कम्युनिस्ट पार्टी ईलामको सचिबमा मौसम निर्वाचित

ईलाम।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ईलामको आज सम्पन्न दोश्रो जिल्ला सम्मेलनले मौसमको नेतृत्वमा पच्चिस सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । हिजो १६ गतेबाट सुरु भएको सम्मेलन ईलाम सदरमुकाममा भव्य र्याली गर्दै खुल्ला सभा गरेर आज बन्दशत्र पछि उक्त कमिटिलाई निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हो।

केन्द्रिय सल्लाहकार समितिका सदस्य होम खतिवडाले सचिव सहितको प्यानल प्रस्ताव गरेपछी सर्वसहमतिमा हलले सचिब सहित कमिटिलाई निर्वाचित गरेको थियो।खुल्ला छलफल र जनवादलाई प्रयोग गर्दै प्रस्तुत प्रतिबेदनमा र जिल्ला कमिटिको विषयमा टुङ्गो लगाईएको थियो।

बन्दशत्रमा प्रमुख अतिथी पार्टिका केन्द्रिय सदस्य दिपेश, सुमनसिंह र होम खतिवडाले प्रशिक्षण मन्तव्य राखेका थिए।जिल्लाले ईलामको बर्ग संघर्सलाई नंया उचाईमा उठाउन महत्वपुर्ण शंस्लेसण सहितको प्रतिबेदन पेश गरेको थियो । प्रतिबेदनले बलिदान गर्न सक्ने तहमा पार्टिलाई कसरी पुर्याउने र पार्टिको योजनाहरुलाई कसरी बोध गर्दै कार्यन्वयन गर्ने भन्ने विषयलाई केन्द्रमा राखेर आगामी योजनाहरु प्रस्तुत गरेको छ ।

बन्दशत्रको अध्यक्ष मण्डलको अध्यक्षता हुकुम मल्लले गरेका थिए भने संचालन गोपी बस्नेतले गरेका थिए।ज्येष्ठ सदस्य खिना परियारको अधक्षतामा पहिलो बैठक बसि सचिबमा सर्वसहमत टुङ्गो लगाई हलमा प्रस्ताब गर्दै ध्वनीमतका साथ मौसमलाई ईलाम पार्टिको सचिबमा निर्वाचित गरिएको थियो ।

बन्दशत्र पछि सम्मेलनका बिसयहरु सार्वजानिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो भने पत्रकारहरुको निर्वाचन सम्बन्धि प्रश्नको जवाफ दिंदै जिल्ला इन्चार्ज सुमनसिंहले तिनबुंदे लागू नगरी घोसणा गरिएको निर्वाचनको कुनै औचित्य नरहेको बताएका छन्।उनले आफ्नो पार्टी देश र जनताको मुद्धाहरुलाई अलपत्र छाडेर पछाडी हट्न नसक्ने बतांउदै राज्य ईमानदार नभए द्वन्द निम्तिने बताए।उनले आफ्नो पार्टी शान्तिको पक्षधर भएको बताउंदै राज्य तयार भए आफ्नो पार्टी शान्तिपूर्ण निकास निकाल्न तयार रहेको बताए।

ईलाम जिल्लामा स्थापित नेता मौसम को हुन ?

ईलाममा सादगी र ईमानदार नेताको रुपमा जनता र पार्टी पंक्तिमा परिचय बनाएका मौसम निरन्तर क्रान्तिकारी आन्दोलनमा क्रियाशील योद्धा हुन् । ईलामको दुर्गम र बिकट गांउमा जन्मिएका उनी निक्कै मिहेनती युवाको रुपमा दहरिएका छन । धेरै नबोल्ने तर आफ्नो कामहरुलाई लगनशिलता पुर्वक गर्ने उनी ईलामका पुराना बामपंथी नेताहरु, युवाहरु र आधारभुत जनताको बिचमा लोकप्रीय रहेका छन् । रत्न कुमार बान्तवा , कटक साम्पाङ्ग जस्ता नेताहरुको बलिदान भएको जिल्लामा मौसमको भुमिकालाई र उनको सरल र क्रियाशिल शैलिलाई जनजाती समुदायले रत्न, कटकहरुकै तहमा आंफुलाई उभ्याउन सक्ने संभावना बोकेको पात्रको रुपमा बुझ्ने गरेका छन् । अध्यनशिल, लगनशिल र परिश्रम गर्ने जितमान राई “मौसम” पुनःसचिबमा निर्वाचित भएपछी क्रान्तिकारी पंक्तिमा नंया उत्साह पैदा भएको ईलामेली क्रान्तिकारीहरुले प्रतिक्रिया दिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?