सफल शर्मा,असोज ३,नवलपरासी । संविधान दिवसको अवसरमा दारि ग्याङ पश्चिम् नवलपरासीले दिप प्रज्वलन गरेको छ ।
नेपालको संविधान जारी ५ औं बर्ष पूरा भइ ६ बर्ष प्रवेश गरेको खुसियालीमा कोभिड १९ को कहर बिच पनि सामाजिक दुरि कायम गरि करिब २० जना युवाहरु उपस्थितिमा दारी ग्याङ्गले दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो ।
दारी ग्याङ्गका संयोजक दिपक गैह्रेको अध्यक्ष्ातामा भएको कार्यक्रम सुनवल नपा वडा .न.१२ का वडा अध्यक्ष यामलाल पाण्डेको प्रमुख आथित्यतामा र भुमही प्रहरी पोष्टका इन्चार्ज प्रहरी निरीक्षक जगदिस तिमिल्सिना लगायतको उपस्थितिमा भएको कार्यक्रम दारी ग्याङका सदस्य प्रदीप अर्यालले संचालन गरेका थिए ।
दारी ग्याङले पश्चिम् नवलपरासीको भुमहिमा साझ दिप प्रज्वलन गरि संविधान दिवस मनाएको संयोजक गैह्रेले जानकारी दिए ।
दारी ग्याङ्ग देशभर सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको छ ।