ट्रेन्डीङ्ग

देवदहमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ

देवदह।रुपन्देहीको देवदहमा बाबुको हत्या अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।आफ्नै बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनका २७ वर्षीया छोरालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा देवदह नगरपालिका-१० का दिपक पुन रहेका छन।उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बुटवलका अनुसार आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको हो।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal