ट्रेन्डीङ्ग

सुनवल ७ मा नि:शुल्क स्वास्थ्य शिविर हुदै

सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका ७ तर्गौलिमा भोलि मंगलबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

तर्गौलिमा रहेको जन जागृति आधारभुत विद्यालयमा शिविर सञ्चालन हुनेछ ।

सुनवल नगरपालिका वडा ७ को आयोजना तथा देवदह मेडिकल कलेज भलुहीको सहकार्यमा शिविर सञ्चालन हुन लागेको हो।स्वास्थ्य शिविरमा दक्ष डाक्टरहरूबाट स्वास्थ्य परिक्षण गरिनुका साथै सामान्य औषधि उपचारको समेत निशुल्क रुपमा सेवा प्रवाह हुने जनाइएको छ।बिहान ८ बजेदेखि दिउसो ३ बजे सम्म शिविर सञ्चालन हुने बताइएको छ।

शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी र नाक,  कान घाँटी रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूको टोलीले सेवा दिने कार्यक्रम तय भएको वडा अध्यक्ष नारायण आचार्यले जानकारी  दिए।उनका अनुसार वडाले नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि शिविर आयोजना गरेको हो।

निशुल्क स्वास्थ्य शिविरमा सहभागि भई स्वास्थ्य लाभ लिन सबैमा आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal