
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय मोर्चाले नागरिकता बिधेयक,अमेरिकी सहयोग परियोजना एमसीसी र शैन्यमोर्चा एसपीपीबिरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन्। काठमाडौंको मुख्य सडक बागबजारमा चार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन।बागबजारको भक्तपुर बसपार्कबाट सुरू भएको मसाल जुलुस पुतलीसडक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई चार पार्टीका नेताहरुले सम्बोधन गरेका थिए।
मसाल जुलुसमा एमसीसी मुर्दावाद,एसपीपी खारेज गर, नागरिकता बिधेयक खारेज गर,चार दलिय मोर्चा जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद लगायतका नाराहरू लगाएका थिए।कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले नागरिकता बिधेयक मार्फत नेपाललाई फिजिकरण र सिक्किमकरण गर्न लागेको भन्दै जनताद्वारा यसलाई अस्वीकार गर्न पर्ने बताए।‘हामीले नयाँ लेण्डुपेहरु कोको हुन चिनीराखौँ ।’,सम्बोधन गर्दै शाहीले भने,नागरिकता विद्येयक मार्फत देश बेच्न सुरु गरिसकेका छन।जनस्तरबाट यसको विरोध गर्दै खारेज गर्न पर्छ।’
अमेरिकाले नेपालमा एमसीसी र एसपीपी मार्फत नेपाली आमाको छात्तीमा बुट प्रहार गरिरहेको भन्दै नेपाल आमाका सपुतहरुले यसको प्रतिकार गर्न पर्ने बताए ।