
सुनवल।जनउदय सामुदायिक वन उपभोक्ता समूह सुनवल ३ कृतिपुरले सुनवल नगरपालिमा दोस्रो स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधि एक कार्यक्रमका बिच बधाई एबम शुभकामना व्यक्त गरेको छ।
जनउदय सामुदायिक बनका अध्यक्ष बल बहादुर थापाको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख दुबेले वनको महत्व अत्यन्तै रहेको भन्दै सामुदायिक वन संग सहकार्य गरि नगरबासिको आयआर्जन र जिबिकोपार्जनको लागि नगदेबाली उत्पादनलाई अगाडि बडाउने सोचका साथ बारेमा छलफल भैरहेको बताउनु भयो।त्यस्तै बन संरक्षणको लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
जनउदय सामुदायिक बनका सल्लाहकार संयोजक तथा निबर्तमान वडा अध्यक्ष कर्ण बहादुर शेन,वडा नम्बर ३ का अध्यक्ष पबिन गुरुङ, वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल चापागाईंले सामुदायिक बनलाई धन्यवाद दिदै सामुदायिक वनहरु संग सहकार्य गरि अगाडि बड्ने बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य सहसचिव वीर बिश्वकर्माको रहेको थियो भने कार्यक्रमको संचालन सचीव माया पुनले संचालन गर्नु भएको थियोे ।