
मोरङ।मोरङमा आफ्नै श्रीमतीहो हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन्।रंगेली नगरपालिका-१ बिर्ताबजारकाकि ३१ वर्षीया बबिता मल्लिकको हत्या गरेको अभियोगमा उनकै श्रीमान तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो लगाई फरार भएका तिलकालाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी पक्राउ गरेको हो।
प्रहरीका अनुसार आगोले जलेर घाइते भएकी बबिताको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ।
आगलागीबाट घरमा रहेका लत्ताकपडा,भाडावर्तन अन्नपात समेत जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमालन नष्ट भएको प्रहरीले जनाएको छ।पक्राउ परेका आरोपित पुरुष माथि अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।