ट्रेन्डीङ्ग

एमाले छाडेका वामदेवले नया पार्टी गठन गरे

काठमाडौ।तत्कालिन नेकपा(एमाले)का उपाध्याक्ष्य वामदेव गौतमले नया पार्टी गठन गरेका छन्।एमाले र माओवादी केन्द्र बीच एकता पछी भनेको नेकपालाइ जोगाउन असफल भएका गौतम कतै खुलेका थिएनन।

नेकपा राष्ट्रिय एकता अभियान सञ्चालन गर्दै आएका नेता गौतमले पाँचवटा दलसँग मिलेर नयाँ दल गठन गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

समाजवादी केन्द्र नेपाल,आधुनिक नेपाल समाजवादी पार्टी,नेकपा राष्ट्रवादी,आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूहलाई आबद्ध गराउँदै नयाँ दल गठन गरेको पार्टीका केन्द्रीय सदस्य  निमकान्त पाण्डेले जानकारी दिए ।

गौतमको नयाँ पार्टीमा ७५ जना केन्द्रीय कमिटी सदस्य रहने जनाइएको छ।पार्टीको संयोजकमा गौतम,सचिवमा डीबी कार्की,प्रचार विभागमा नीमकान्त पाण्डे लगायत रहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?