ट्रेन्डीङ्ग

ठुला सवारि साधनले सडक बिगारेको भन्दै सडक अबरुद्ध

सुनवल।पश्चिम् नवलपरासीको सुनवल-३ देवकोटा चोकका स्थानिय बासिले आज विहान सडक अबरुद्ध गरि सवारी आवागमनमा रोक लगाएका छन।

ठुला सवारी साधन तथा ह्यावी टिप्पर र ट्रक जस्ता मालबाहक साधनले सडक विगारेको,सडकमा धुलो अत्यधिक भएकोले दिउँसै झ्याल ढोका बन्द गर्नुपर्ने समस्या भएको भन्दै सडक अबरुद्ध गरेको स्थानिय बताउछन।

केहि समयको सडक अबरुद्ध र आवागमनमा रोक पछि सम्झौता गरि सडकमा सवारीसाधन आवतजावत गरेका छन।भित्रि बाटो भएकाले कम गतिमा गाडि चलाउने र दिन दिनै बाटोमा टेङ्करबाट पानी हाल्ने स्थानिय बासी र प्रहरी विच सहमति भएपछि पुनःसवारी आवतजावत गर्न दिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

सहमति अनुसारको काम नभए भोलीबाट पुन:सवारी आवागमनमा रोक लगाउने स्थानिय बासी मन्जु सुवेदीले बताउनु भएको छ।

पुर्वपश्चिम् राजमार्ग अन्तर्गत सुनवलमा पर्ने तुरिया खोलाको डाइभर्सन केहि समय अगाडि आएको बाढिले बगाएपछि बुटवल वर्दघाट भएर चल्ने ठुला ह्यावी टिप्पर र ट्रक जस्ता मालबाहक साधन सुनवल,देवाकोट चोक,खकरीबारी भएर गैडाखाल हुदै आवतजावत गर्ने गरका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal