ट्रेन्डीङ्ग

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक

काठमाडौँ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेपछि निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

शनिबार राति १२ बजेबाट लागु हुने गरी निगमले जारी गरेको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य प्रतिलिटर १७९ कायम गरिएको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ कायम गरिएको छ।

यसअघि उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार दिउँसो पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका थिए।

पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २९ रुपैयाँ घटाइएको जानकारी दिएका थिए।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal