ट्रेन्डीङ्ग

खानेपानी तथा सरसफाईका विषयमा पत्रकार एबम् सरोकारवालाहरुसंग अन्तरक्रिया

भुमही।पर्यटन,ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा संचारिका समुह नेपाल लुम्बिनी प्रदेशको समन्वयमा आज भुमहीमा खानेपानी तथा सरसफाईका विषयमा पत्रकार एवम् सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सञ्चारिका समुह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले महिला पत्रकारहरुलाई सक्षम र थप क्रियाशिल बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको बताउनुभयो।

कार्यक्रममा मन्त्रालयका धुर्व धितालले प्रदेशमा खानेपानी र सरसफाईको क्षेत्रमा कलम चलाई प्रदेशवासीमा जनचेतना बृद्धि गर्नुपर्ने सुझाव सहित आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो । त्यस्तै बालि विकास अधिकृत शालिकराम गौतमले प्रदेशको समग्र कृषि तथा पशु विकास सम्बन्धि विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले आएका विभिन्न अवसरको सदुपयोग गर्दै खोज पत्रकारीतामा कलम चलाउन महिला पत्रकारहरुलाई आग्रह गर्नुभयोकार्यक्रममा मधेसी पत्रकार संघ पश्चिम नवलपरासीका सल्लाहकार बेचु गौडले पत्रकारीता पनि कलाकारिता जस्तै पेशा भएकाले जिल्लामा खानेपानी तथा सरसफाईका विभिन्न विषयमा कलम चलायर सरोकारवालालाई झक्झकाउने र सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।

यस्तै प्रेस युनियनका सञ्जिव कोईरालाले पत्रकार आफै क्रियाशिल भई निरन्तर लाग्नुपर्ने बताउनुभयो।प्रेस चौतारीका अध्यक्ष मेघराज गौतमले क्षमता विकासका लागि मिडियाले कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको भन्दै पत्रकार आफै पनि यो पेशामा सुरक्षित छु भनेर निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

सो अवसरमा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला सञ्चारकर्मि,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?