ट्रेन्डीङ्ग

ओमप्रकाश पुन सहित ४ नेताले त्यागे विप्लव नेकपा

काठमाडौ।विप्लव नेतृत्वको नेकपाका पुर्व पोलिट् व्यूरो सदस्य एवं नवौं महाधिवेशन आयोजक कमिटी सदस्य ओमप्रकाश पुनसहित चार जनाले पार्टीबाट राजीनामा दिएका छन्।बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

राजीनामा दिनेमा पुनसहित केन्द्रीय सल्लाहकार शंकरबहादुर खड्का,महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार छन् ।

माओवादी धारलाई एकीकृत र ध्रुबीकृत गर्ने बस्तुगत आवश्यकता महसुसगरी त्यसकै प्रयास स्वरूप पार्टीबाट अलग भएको विज्ञप्तिमा उल्लेख छ।टुट,फुट र विभाजन होइन एकतावद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन राजीनामा दिएको पुनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal