ट्रेन्डीङ्ग

कार्यलयमा मस्त निद्रामा कर्मचारी

परासी।सरकारी काम कहिले जान घाम भन्ने उखान यसै चर्चामा आएको भने हैन । सरकारी कर्मचारीहरुले कार्यालयमा कतिसम्म लापरबाही गर्छन भन्ने बारे यो तस्बिरले प्रस्ट पार्छ । माथिको तस्बिर पश्चिम नवलपरासीको पालिनन्दन गाउपालिका वडा २ को हो । दृश्यमा देखाइएका व्यक्ति त्यहाका वडा सचिव सम्भु प्रसाद सहानी हुन् ।
एक सेवाग्राही वडामा जादा उनी मस्त निन्द्रामा भएको फेला परे।कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन ।

सिलिङमा पंखा घुमिरहेको थियो । पंखाको हावा खाँदै उनी मस्त निदाएका थिए।स्रोतका अनुसार वडा सचिवलाई सुतिरहेको देखेपछि उनी फर्किए र १० मिनेट पछि पुन गए ।तर अवस्था उस्तै थीयो।सेवाग्राहीले दुइ पटक ढोका ढकढकाय पछि बल्ल उनि बिउजिए । स्रोतका अनुसार यसअघि पनि उनि कार्यालय टिकटक बनाइरहेको अवस्तामा देखानपरेको हैनन् ।

पालिनन्दन गाउपालिका वडा २ वडा अद्क्ष्यले यो बिषयमा आसर्य जबाफ दिए उनले भने “उहाले अघिल्लो दिन छुट्टि लिनु भएको थीयो खेत रोप्नका लागी त्थसैले थकाइ लागेर सुत्नुभयो होला” उनले थपे “सेवाग्राही नभएको खण्ड सुत्नु पाइन्छ”यता वडा सचिब साहानिले भने आफु आखा मात्र बन्द गरेको तर ननिदाएको दाबि गरे उनले सेवाग्राही नभएको र लुम्बिनी प्रदेशको बजेट भासण आखा बन्द गरेर सुनेको बताए ।


सरकारी कार्यालय कस्तो हुन्छ यो त् एक प्रतिनिधि तस्बिर मात्र हो सरकारी कार्यालयको सास्त्ति र कर्माचारीको लापार्बाहिको घटना आज धेरै छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?