ट्रेन्डीङ्ग

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्धमा उत्रियो एस निकट अनेरास्ववियू

काठमाडौं।सत्तागठबंधन दल एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको बिरोध गरेको छ।

काठमाडौं जिल्ला अध्यक्ष एटम बिद्रोहीले सोमबार एक विज्ञपति जारी गर्दै जनताको ढाड सेक्ने गरि रातारात पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि तत्काल फिर्ता लिन जोडदार माग सहित विशेष ध्यानाकर्षण गराएका छन। सरकार र आयल निगमले कथित मूल्य वृद्धि फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रिन मातहलका सबै कमिटीहरुलाई अपिल समेत गरिएको छ

‘घुसखोरी, कमिसन र चुहावटले गिजोलीएको आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुदा बढाउने तर घट्दा नघटाउने,चुहावट नरोक्ने बरु जनतालाई घाटा देखाउदै कर्मचारीहरुलाई बोनस र भत्ता बाड्ने जस्ता कार्यहरु रोक्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन जारी विज्ञप्तिमा भनिएको छ।

पटकपटक गरिएको पेट्रोलियम पदर्थको मूल्य वृद्धिले श्रमजीवी गरिब जनता र विद्यार्थीहरुको चुलोमा आगो बल्न छाडेको र यो तत्काल फिर्ता नलिए अनेरास्ववियू काठमाडौं जिल्ला कमिटी आधिबेरी बनेर सडक संघर्षमा जाने जिल्ला अध्यक्ष एटम बिद्रोहीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?