ट्रेन्डीङ्ग

तिनाउमा फेला परेको शवको पहिचान,बुद्धनगरका ६५ बर्षीय किशोर बहादुरको

बुटवल।बुटवलको तिनाउ नदीमा बाढीले बगाएको ल्याएको शवको पहिचान खुलेको छ ।

तिनाउ नदीको प्रगतिनगर क्षेत्रमा नदीको बीचको भङ्गालोमा फेला परेको शव बुद्धनगरका स्थानीय ६५ बर्षीय किशोर बहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको छ।

मध्यराती खाेलामा किन र कसरी गए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए।

प्रहरी र स्थानीयको सक्रियतामा शव नदीको किनारमा ल्याईएको छ।मृत्युको कारण पोष्टमार्टम र अन्य अनुसन्धान पछि मात्र खुल्न सक्ने डीएसपी केसीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal