
बुटवल।बुटवलको तिनाउ नदीमा बेवारिसे अवस्थामा लास भेटिएको छ।
तिनाउ नदीको प्रगतिनगर छेउमा नदीको बीचको भङ्गालोमा एकजनाको शव देखिएको प्रहरीले जनाएको छ।राती आएको बाढीले बगाएर लएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनास्थलमा प्रहरी पुगेपनि तिनाउको बहावका कारण शव निकाल्न नसकिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए।प्रहरीले डोरीको सहायताले शव निकाल्ने प्रयास सुरु गरेको डीएसपी केसीले जानकारी दिए।