
काठमाण्डाैं।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम पुनले एसपिपि सम्झौता सैन्य रणनीति नेपाल र नेपालि जनताको हितमा नभएकोले स्वीकार्य गर्नु नहुने बताए ।
काठमाण्डाैंको शान्तिवाटिकामा आयोजित एसपिपी विरुद्धको विरोध कार्यक्रममा नेता पुनले एमसिसी पास गर्दा पनि नेपालका केही दलाल शासकहरुले यो विशुद्ध आर्थिक परियोजना हो भन्थे, हामीले त्यति बेलै यो सैन्य रणनीतिसङ्ग सम्बन्धित छ भनेर विरोध गरेका थियौ तर अहिले एसपीको प्रस्तावसम्म आइपुग्दा त्यो प्रमाणित भएको छ,उनले भने यमसिसि देशबिरोधी छ भन्ने कुरा प्रस्ट हुदाहुदै व्याख्यात्मक घोषणको नाटक मञ्चन गरेर पास गरियो जसको न कुनै राजनिती बैधता छ न त कानुनी रुपमा नै यसको कुनै औचित्य छ ।
तत्कालिन प्रम ओलि,रक्षा मन्त्री इश्वर पोख्रेल र बिदेशमन्त्री प्रदिप ज्ञावाली थिए त्यति बेला नै नेपालले एसपिपिको लागि प्रस्ताव गरेको र नेपाली सेनाका पुर्व सेनापती पुर्णचन्द्र थापाको कार्यकालमा एसपिपिलाइ अघि बढ्न रोकेको देखियो,यो देशभक्तिपुर्ण काम हो, हामिले यसको प्रशङ्शा गर्छौ,प्रेमसिङ्ग वस्न्यात जस्ता अवकास प्राप्त अफिसरहरु अहिले पनि रास्ट्रीय स्वाधिनताको मामलामा लडिरहनु भएको छ ,हामिले हाम्रो देशको अस्तितब संकटमा पर्ने वेला एकजुट हुन जरुरी छ,आइपर्दा रास्ट्रीय प्रतिरोध युद्द गर्नु पर्ने हुन्छ पुनले भने।
गो व्याक अमेरिका,यमसिसी हामिलाई चाहिदैन,एसपिपी मुर्दावाद,दलाल सरकार मुर्दावाद भन्दै नाराजुलुस सहित सम्पन कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरू अनिल शर्मा विरही, चिरन पुन ,रामलाल बिश्वकर्मा , आस्थाको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष नरेन्द्र विश्वकर्माले गरेका थिए।