ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)ले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन माग (ज्ञापनपत्र सहित)

बुटवल।नेकपा निकट अखिल(क्रान्तिकारी)रुपन्देहीले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला विकास तथा शिक्षा समन्वय इकाई रुपन्देहीलाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रबार जिल्ला संयोजक पदम पराजुली,सदस्य प्रसुन ज्ञवाली,मनोज न्यौपाने,कोपिला क्षेत्री,पुनम ठडराइ,अखिल (क्रान्तिकारी)रुपन्देही पुर्व जिल्ला अध्यक्ष गोपाल रोका नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास तथा शिक्षा समन्वय इकाई रुपन्देहीमा ज्ञापनपत्र बुझाएको हो।

जिल्ला संयोजक पदम पराजुलीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा, तत्काल सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउनु पर्ने, सामुदायिक विद्यालयहरुमा नेपाली र अङ्ग्रेजी माध्यमको आधारमा पाठ्यक्रम र पठनपाठनमा गरिएको विभेद र विभिन्न बाहानमा लिने गरेको शुल्क बन्द गर्न माग गरेको छ।

त्यस्तै सार्वजनिक यातायातमा विद्यार्थीको परिचयपत्रका आधारमा दिनु पर्ने ४५ प्रतिशत सहुलियत कडाईका साथ कार्यान्वयन गर्नु पर्ने र कमिशनको लोभका कारण हरेक वर्ष निजि शैक्षिक सस्थाले पाठ्यपुस्तक परिवर्तन गरि विद्यार्थी र अभिभावकमा आर्थिक भार थप्ने र उनिहरु माथी परेको नकारात्मक प्रभाव प्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताउदै यस्ता गतिविधि रोक्न माग गरेको छ।

यता ज्ञापनपत्र बुझेपछि जिल्ला प्रशासन तथा जिल्ला विकास तथा शिक्षा समन्वय इकाईका प्रमुखहरुले विद्यार्थीहरुका माग जाहेज रहेको बताउदै आफु हरुले सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिक्रिया दिए।साथै विद्यार्थीका माग समसामयिक रहेको बताउदै सम्बन्धित निकायलाई थप सचेत बनाउने प्रतिक्रिया दिएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal