
बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका वडा नम्बर ११ का अन्दाजी ४० बर्षिय ईन्द्र बहादुर चौधरी रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ ।
विहान ६ बजेको समयमा खेत हेर्न गएका बेला चट्याङ लागेको चौधरीलाई उपचारका लागि बर्दघाट २ मा रहेको चिसापानी अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा ८ बजेर १२ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।