
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीले तत्काल उचित राहत तथा क्षेतिपुर्ती उपलब्ध गराउन नेपाल सरकार संग माग गरेको छ ।महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै जहाज दुर्घटनामा परि निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त एवं परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै तत्काल उद्दारको समेत माग गरेका हुन।
महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन-हिजो जेष्ठ १५ गते आईतबार बिहान ९:५५बजे कास्की जिल्लाको पोखराबाट मुस्ताङ जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं. २ स्थित कोवाङको सानोस्वारे भिरमा दुर्घटना भएको अकल्पनिय घटना प्रति हाम्रो पार्टी अत्यन्तै दुख व्यक्त गर्दछ।
उक्त जहाजमा सवार ३ जना चालक दलका सदस्य,१३ जना नेपाली यात्रु र ६ जना विदेशीसहित २२ जनाको दुखद निधन भएको छ । यो मर्माहतपूर्ण दुर्घटनामा परि निधन हुनु भएकाहरुप्रति हामी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ।
जहाज दुर्घटनामा परि आफ्नो प्रियजन गुमाउन पुग्नु भएका मृतकका परिवारजनप्रति हामी गहिरो समवेदना प्रकट गर्दछौँ । उक्त जहाज कसरी दुर्घटना हुनपुग्यो,यस घटनाको तत्काल छानबिन थाल्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ। जहाज दुर्घटनामा परि अनाहकमा निधन हुनु भएका व्यक्तिहरुको परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि नेपाल सरकारसँग माग गर्दछौँ ।विज्ञप्ति: