
काठमाडौँ।सरकारको नीति तथा कार्यक्रम ०७९/८० राष्ट्रिय सभाबाट पारित भएको छ। आज शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री गोविन्द बन्दीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा तीनवटा संशोधन प्रस्ताव परेको थियो। यता प्रतिनिधि सभाबाट भने पारित हुन बाँकी छ।