ट्रेन्डीङ्ग

बर्दघाटको एस मोडमा दुर्घटना, ११ जना घाइते

बर्दघाट।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट स्थित दाउन्ने एस माेड भन्दा १ सय मिटर उत्तरमा सवारी दुर्घटना हुदा ११ जना घाईते भएका छन।

काठमाडौदेखि बुटवल तर्फ आउँदै गरेकाे लु १ ख ८७७१ नम्बरकाे बस र एच ए ०४ ईएल ७८६० नम्बरको क्लिङकर बाेकेकाे ईन्डयन ट्रक एक आपसना ठक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यलय बर्दघाटका प्रमुख कृष्ण प्रसाद घिमिरेले जानकारी दिनु भयो।

दुर्घटनाबाट घाइते हुनुभएकाहरुलाई प्राथमिक उपचारका लागि अहिले चिसापानी अस्पतालमा लगिएको छ।घाईतेहरू मध्ये ९ जनाकाे अबस्था सामान्य रहेकाे २ जनाको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal