ट्रेन्डीङ्ग

नाबालिका विधार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

गुल्मी।गुल्मीमा आफ्नै नाबालिका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन्।पक्राउ पर्नमा जिल्लाको सत्यवती गाउँपालिकाको एक माद्यामिक विद्यालयका दुई जना शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा जेठ ५ गते शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्यालले बालिका माथी यौन दुर्व्यवहार र यौनजन्य क्रियाकलापको लागि फकाउने कार्य गरेको उजुरी परे पछि प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको बताईएको छ।शिक्षक निलकण्ठ बस्यालले २०७८ भदौ र प्रकाश भट्टराईले २०७८ पुस महिना देखि यौन दुर्व्यवहार गर्ने कार्य गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव राज खरेलले बताए ।

घटना बारे थप अनुसन्धान भैइरहेको गुल्मी प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?