
काठमाडौ।नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ।निगमले पेट्रोल,डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाा बढेको छ ।अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ।
आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो।निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ।