ट्रेन्डीङ्ग

सुनवलका नवनिर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण

सुनवल। सुनवल नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।शुक्रबार निर्वाचन अधिकृतको कार्यलयमा एक कार्यक्रमकाबीच उक्त प्रमाणपत्र वितरण गरिएको हो।

निर्वाचन अधिकृत लिलाधर अधिकारी, सुनवलका नव निर्वाचित नगरप्रमुख बिमला अर्याल,उपप्रमुख सुर्य प्रसाद दुवे र सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको उपस्थितिमा प्रमाणपत्र वितरण गरिएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत लिलाधर अधिकारीले सुनवलमा स्थानीय निर्वाचन शान्तिपूर्ण भएको बताए ।” आचारसंहिता शत प्रतिशत लागु भयो त भन्दैन तर विगतका दिनहरुमा भन्दा यो नगरमा निर्वाचन आचारसंहिता पालन गर्ने कुरामा वृद्धि भएको पाए । उनले भने,” सुनवलको बिकास गर्न नगर र वडामा निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुमा अभिभारा थपिएको छ । उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई एवम् शुभकामना पनि दिए ।

प्रमाण पत्र वितरण कार्यक्रमलाई सुनवलका सहायक निर्वाचन अधिकृत तिलक पौडेलले संचालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?