
सरावल।नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा प्रमुख उपप्रमुख नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन।
आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी उपाध्यक्षमा वासमती हरिजन निर्वाचित हुनुभएको हो।
अध्यक्षका निर्वाचित चौधरीले निकटम प्रतिद्धन्द्धीलाई दुई हजार ९७० मतको फराकिलो अन्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो।
गाउँपालिका अध्यक्षमा निर्वाचित चौधरीले सात हजार ५९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीले जानकारी दिनुभयो उहाँका अनुसार निकटम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका अनिल कुमार गौडले चार हजार ८९ मत ल्याउनुभएको छ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै बासमति हरिजन निर्वाचित हुनुभएको छ । निर्वाचित हरिजनले पाँच हजार ७४३ मत ल्याउनुभएको छ भने उहाँकी निकटम प्रतिद्धन्द्धी निवर्तमान उपाध्यक्ष समेत रहनुभएकी नेपाली काङ्ग्रेसकी उत्तमा रायले पाँच हजार ३४ ९ मत प्राप्त गर्नुभएको छ।उपाध्यक्षमा हरिजनले रायलाई ३९४ मतले पछि पार्नुभएको हो।
यसअघि यस गाउँपालिकाको अध्यक्षमा तत्कालिन फोरम लोकतान्त्रिक(पछि काङ्ग्रेसमा समाहित)र उपाध्यक्षमा काङ्ग्रेसले जितेको थियो।
७ वटा वडा रहेको यस गाउँपालिकामा दुई वटा वडामा एमाले ,तीन वटा वडामा काङ्ग्रेस र एक एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन् ।
निर्वाचन अधिकृत सिंजालीका अनुसार वडा अध्यक्षमा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई वडा नं .२ मा कांग्रेसका शम्भु चौधरी,वडा नं ३ मा राप्रपाका फिरंगी चौधरी,वडा नं . ४ मा एमालेका सुरेश यादव वडा न .५ मा कांग्रेसका लक्ष्मण चौधरी,वडा नं ६ मा कांग्रेसका छोटेलाल गुप्ता र वडा नं ७ मा माओवादी केन्द्रका हेयात खाँ धुनिया विजयी हुनुभएको छ।
२५ हजार ९ १२ मतदाता रहेको यस गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा गाउँपालिकाका विभिन्न ३२ मतदान केन्द्रबाट २१ हजार २२ मत खसेको थियो।