ट्रेन्डीङ्ग

गल्याङ : मेयरमा कांग्रेसका भट्टराई र उपमेयरमा न्यौपाने निर्वाचित

गल्याङ।गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार नगर प्रमुख र उपप्रमुखमा विजय हुनुभएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार गुरु प्रसाद भट्टराईले ९६२१ मत ल्याएर नगर प्रमुखमा विजय हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे ले ८९२२ मत प्राप्त गर्नुभएको थियो । भट्टराईले ६९९ को अन्तरमा विजय प्राप्त गर्नुभएको हो ।

त्यस्तै नेपाली काँग्रेस कै हेमा न्यौपानेले ९११८ मत ल्याएर उपमेयरमा बिजयी हुनु भएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी देबि थापा ९०५५ मत ल्याउनु भएको थियो । न्यौपानेले ६३ अन्तरमा विजय प्राप्त गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal