
सुनवल । पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाको हालसम्म मतगणना गरिएको तीन वडामा एमालले र दुई वडामा कांग्रेसले जित हासिल गरेको छ ।
सुनवल वडा ५ को अध्यक्षमा कांग्रेसका नेत्र लाल शर्मा तिवारीले ८४४ मत ल्याएर एमालेका हर्क बहादुर पुनलाई पराजित गरेका छन् । पुनले ८३७ मत ल्याएका थिए ।
त्यस्तै एमालेबाटै महिला सदस्यमा जुठी माया पुनले ९५० मत, दलित महिला सदस्यमा जमुना सुनारले ८४९ मत, खुल्ला सदस्यमा कांग्रेसका इच्छा गुरुङले ९२१ मत, खुल्ला सदस्य २ मा कांग्रेसकै उम्मेदवारले पुर्ण बहादुर रानाले ७९९ मत ल्याएर विजयी भएका छन्।
सुनवल नगरपालिका वडा १,२,३,४,५ को मतगणना सकिए संगै ६ वडाको सुरु गरिएको छ ।