ट्रेन्डीङ्ग

अर्घाखाँची:नेकपा(बहुमत)निकट अखिल(क्रान्तिकारी)द्वारा विविध कार्यक्रम सम्पन्न

अर्घाखाँची। ५८ औ विद्यार्थी दिवसको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रम अखिल(क्रान्तिकारी)अर्घाखाँचीले सम्पन्न गरेको छ।साथै पेट्रोलियम मुल्य वृद्धि विरुद्ध पनि अखिल(क्रान्तिकारी)ले प्रदर्शन गरेको छ।

विद्यार्थी स्थापना दिवस कार्यक्रमकाे प्रमुख अतिथि अखिल (क्रान्तिकारी)केन्द्रीय सचिवालय सदस्य नवीन खडकाले दिल बहादुर रम्तेल र प्रज्वल शाही लगायतका महान सहिदहरुले देखाएको बाटो र सपनालाई मर्न नदिने बरु बलिदान दिने बताउनु भएको थियो ।२८ औं विद्यार्थी स्थापन दिवस को अवसरमा सम्पुर्ण क्रान्तिकारी विद्यार्थीहरु लाई शुभकामना दिनु भएको छ।

अध्यक्ष संगठनका जिल्ला संयोजक पदम नेपाली(तुफान) गर्नु भएको थियो।अथिती नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का जिल्ला सदस्य तथा छत्रदेब र पाणिनी गाउँपालिका सेक्रेटरी नारायण पान्डे,पार्टी जिल्ला सदस्य शंकर शाह,श्रमिक समुदाय मोर्चा नेपाल जिल्ला अध्यक्ष मनु नेपालीको सहभागीता रहेको थियो ।

साथै बढ्दो महङ्गीको विरुद्धमा अखिल (क्रान्तिकारी) अर्घाखाँचीले बिरोध प्रदर्शन गरेको छ ।बढ्दो महङ्गीको विरुद्धमा अखिल (क्रान्तिकारी)अर्घाखाँचीले बिरोध प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै संगठनका केन्द्रिय सचिवालय सदस्य नवीन खड्काले जनताको अाँखामा छाहरो हालेर जुन १० रुपैयाँ पेट्रोलको मुल्य वृद्धि गरेको छ । त्यसको विरुद्ध हामी निरन्तर लडि रहने छाैं । कार्यक्रम संचालन संगठनका जिल्ला संयोजक पदम नेपालीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?